काठमाडौं । संघीय संसद्अन्तर्गतका तीनवटा समितिको बैठक बस्दै छ ।
शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ ।
बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ ।
अपराह्न २ः३० मा बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।