Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गोपालमान श्रेष्ठ अब कांग्रेसका वरिष्ठ नेता

गोपालमान श्रेष्ठ अब कांग्रेसका वरिष्ठ नेता

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं ।  नेपाली कांग्रेसले नेता गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ।

बिपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी सभापतिले श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिएका हुन्।

उनका अनुसार निर्णयलाई आगामी केही दिनभित्र बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक अनुमोदन गराइनेछ। त्यसका लागि बैठक बोलाउने तयारी भइरहेको पनि उनले बताए।

पछिल्लो समय श्रेष्ठ अस्वस्थ छन् । पेटको क्यान्सरबाट पीडित श्रेष्ठको अहिले जावलाखेलस्थित एक अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ। 

सभापतिले हाल उपचाररत रहेका श्रेष्ठलाई अस्पतालमै भेटेर वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णयबारे जानकारी गराएको उल्लेख गरे।

कांग्रेसका अनुसार पार्टीको संगठनात्मक संरचनामा लामो समयदेखि पुर्‍याएको योगदानको सम्मानस्वरूप श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी प्रदान गर्न लागिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077