Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

देउवा समूहले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय, पूर्णबहादुर खड्काले गरे उद्घाटन

देउवा समूहले चुनदेवीमा खोल्यो सम्पर्क कार्यालय, पूर्णबहादुर खड्काले गरे उद्घाटन

सोमवार , आषाढ २२, २०८३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा पार्टीका निवर्तमान कार्यवाहक सभापति तथा नेता पूर्णबहादुर खड्काले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटनपछि सोही स्थानमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठक पनि बसेको थियो। 

deuba paxxya.jpg

बैठकमा खड्कासहित कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांका कोइराला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतलतायत नेताहरू सहभागी छन् ।

यसअघि सातै प्रदेशमा भेला राखिसकेको शेरबहादुर देउवा समूहले बैठकमा राष्ट्रिय भेलाबारे छलफल गरिरहेको छ।

यसअघि गत शुक्रबार पनि खड्का निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो। उक्त बैठकले असार भित्रै राष्ट्रिय भेला बोलाउने सहमति गरेको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077