Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

मंगलवार , आषाढ ३०, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन्।

उनले मंगलबार सङ्घीय संसद्बाट पारित आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानुनी बाटो खुलेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077