Jul 15 2026 | २०८३, आषाढ ३१ गते

15 Jul 2026 | बुधवार, आषाढ ३१ गते २०८३

बुधवार, आषाढ ३१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बुधवार , आषाढ ३१, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेस गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीनवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेस गर्ने कार्यसूची छ।

मन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन  सदनसमक्ष प्रस्तुत गर्नेछिन्।

यस्तै, व्यवस्थापन कार्य अन्तर्गत  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३' माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुई विषयहरू पेस गर्ने कार्यसूची रहेको छ ।

ppp

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077