Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निर्वाचन आयोगको उन्नाइसौँ वार्षिक प्रतिवेदन २०८१–०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन २०८१–०८२ र राष्ट्रिय महिला आयोगको अठारौँ वार्षिक प्रतिवेदन २०८१–०८२ पेस गर्ने कार्यसूची रहेको छ ।

 युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि सम्बन्धी सदनमा छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धीमाथि सामान्य छलफल तथा अनुमोदन गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्नेछन् ।

pra

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077