Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

रास्वपाकै सांसदले भने- सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ

रास्वपाकै सांसदले भने- सरकार र पार्टी जोगाउन मान्छेको ज्यानभन्दा भारी तर्क नगरौँ

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का सांसद गणेश कार्कीले नियमभन्दा मानवीय जीवन र संवेदनशीलता ठूलो भएको बताएका छन्।

ट्राफिक नियमको पालना र नागरिकको भोगाइबारे आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले सरकार वा पार्टीको बचाउ गर्ने नाममा मानवीय मूल्यलाई अवमूल्यन नगर्न सुझाव दिएका हुन्।

मान्छे र नियममध्ये कुन रोज्ने भन्ने प्रश्न नै मूर्खतापूर्ण भएको टिप्पणी गर्दै उनले आफूले सधैँ मान्छे र मानवीय जीवनलाई नै रोज्ने स्पष्ट पारेका छन्। 

'नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने, नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढि मिहिनेत गर्नु पर्छ,' सांसद कार्कीले भनेका छन् ।

यसैगरी कार्कीले आफ्ना दलका नेता, सांसद, सरकारका समर्थकहरुलाई यस्तो संवेदनशील विषयमा सरकारलाई जोगाउने तर्क नगर्न आग्रह गरेका छन् ।

'प्रीय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल, । र, समय पाउनु भयो भने दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो हाम्रो भन्ने बुझ्नु होला । आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ । दुवै कम गर्न सकिन्छ । त्योबारेमा कुरा गरौँ, जानकारी बाँडौँ ल,' सामाजिक सञ्जालमा सांसद कार्कीले भनेका छन्।

साथै, नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने उल्लेख गर्दै उनले आत्महत्याका कारण मानसिक स्वास्थ्य समस्या वा आवेग हुने बताए । यी दुवै अवस्थालाई कम गर्न सकिने भन्दै मानसिक स्वास्थ्यका विषयमा खुला छलफल, सचेतना र जानकारी आदानप्रदानमा जोड दिएका छन् ।

बिहीबार आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि त्यसबारे प्रतिक्रिया जनाउँदै उनले सो कुरा बताएका हुन् ।

हिजो त्रिपुरेश्वरस्थित राहदानी विभागअघि महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक गरेपछि उनले आत्मदाह प्रयास गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077