Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रास्वपाकै सांसद कार्कीले भने - संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन

रास्वपाकै सांसद कार्कीले भने - संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदममाथि प्रश्न उठाएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो निर्णयलाई “बहादुरी नभएको” टिप्पणी गरेका हुन् ।

कार्कीले लेखेका छन्, 'झन्डै दुईतिहाइ बहुमत भएको पार्टीले अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था ‘बाध्यता’ हो कि अरू केही हो, त्यो पछि खुल्ला होला, तर यो बहादुरी भने होइन ।'

उनले अध्यादेश संविधानले दिएको अधिकारअन्तर्गत आउने भए पनि यसको प्रयोग संविधानको मर्मअनुसार हुनुपर्नेमा जोड दिएका छन् ।

'अध्यादेश सधैं संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउने हो, तर यसपटक पनि सिफारिस संविधानको अक्षरमा आधारित छ, मर्ममा होइन,' उनले उल्लेख गरेका छन्।

कार्कीले संविधान केवल अक्षरमा सीमित दस्तावेज नभई यसको मर्म र भावना पालनाले मात्र जीवन्त रहने बताए। 'संविधान अक्षरले होइन, मर्मले बाँच्ने दस्तावेज हो,' उनले भने, 'अक्षरको प्रयोगले मर्मलाई सीमित गर्नु हुँदैन।'

उनले विगतमा विपक्षी दलले अध्यादेश ल्याउँदा उठाइएका प्रश्नहरू स्मरण गराउँदै अहिलेको सन्दर्भमा पनि त्यही मापदण्ड लागू हुनुपर्ने संकेत दिएका छन्।

सरकारले हालै संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि राजनीतिक वृत्तमा बहस तीव्र बनेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077