काठमाडौं । नेपाली कम्युनिस्ट पाटी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले सरकारका कामकारबाहीले सबैलाई अत्यन्तै सशंकित बनाइरहेको बताएका छन् ।
समाजवादी प्रेस संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहसंयोजक नेपालले देशलाई अघि बढाउने जिम्मेवारीमा सत्तामा रहेकाहरूको कामकारबाहीले सबैलाई सशंकित बनाइरहेको भन्दै त्यतिकै तमाशा हेरेर बस्न नसक्ने बताए ।
अहिलेको परिस्थितिमा जिम्मेवार शक्तिको हैसियतले नेकपाले तत्परता देखाएर आवश्यक पहलकदमी लिनुपर्ने उनको भनाइ छ । देशको लोकतन्त्र र संविधान नै धरापमा पर्ने षड्यन्त्र देखापरिरहेको उनले बताए ।
यसलाई स्पष्ट गर्ने र जनतालाई ढुक बनाउने जिम्मेवारी सत्तामा बसेका व्यक्तिहरूको भएको उनको भनाइ छ ।