Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले भने- सेना र निर्वाचन आयोगको भूमिका विस्तारै खुल्छ

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले भने- सेना र निर्वाचन आयोगको भूमिका विस्तारै खुल्छ

शनिवार , जेठ १६, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा निर्वाचनको परिणामप्रति आंशका व्यक्त गरेका छन्। 

शनिवार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले रास्वपाले प्राप्त गरेको दुई तिहाइ नजिक सिटलाई सुनामीको संज्ञा दिएका हुन्। 

गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेनाको भूमिका कस्तो रह्यो ? सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरु एक दिन स्पष्ट हुने उनको विश्वास छ। 

उनले रास्वपाको पक्षमा सुनामी आउनुमा सेना, सरकार निर्वाचन आयोगको भूमिकाबारे पनि विस्तारै खुल्दै जाने बताए।

'यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो। यसका पछाडिका कारणहरुको खोजी पनि भइरहेको छ। बेला-बखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेले, सेनाको भूमिका कस्तो रह्यो ? सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरु पनि एक न एक दिन खुल्दै जाने पनि छ,' उनले भने ।

उनका अनुसार निर्वाचन प्रक्रियासम्बन्धी विभिन्न विषयमा भित्रैबाट समेत तथ्य सार्वजनिक हुने संकेतहरू देखिन थालेका छन् । उनले सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्रको अवस्थाबारे उठिरहेका प्रश्नहरू भविष्यमा स्पष्ट हुने विश्वास व्यक्त गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077