Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशलाई अघि बढाउन साझा भावनाको विकास गरौँ, व्यक्तिवादी प्रवृत्ति होइन : माधव नेपाल

देशलाई अघि बढाउन साझा भावनाको विकास गरौँ, व्यक्तिवादी प्रवृत्ति होइन : माधव नेपाल

शनिवार , मंसिर २७, २०८२

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले भ्रष्टाचार र कुशासनको अन्त्य अहिलेको आवश्यकता रहेको बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् ।

उनले देशको समग्र विकासका लागि छलफल भइरहेको बताउँदै स्पष्ट खाका चाँडै जनताका सामु ल्याउने बताए ।

नेपालले व्यक्तिवादी प्रवृत्तिलाई अन्त्य गर्दै साझा भावनाका साथ अघि बढ्नुपर्ने बताए ।

‘साझा भावनाका साथ अघि बढ्यौं भने मात्रै देशलाई अघि बढाउन सकिन्छ । नयाँ पार्टी बनाउँदानै हामीले विगतका कमजोरीहरु खोजेर सुधार गर्दै अघि बढ्ने संकल्प गरेका छौं,’ उनले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077