Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुराना पार्टीको धङधङीबाट अब मुक्त हुनुपर्छ : माधव नेपाल

पुराना पार्टीको धङधङीबाट अब मुक्त हुनुपर्छ : माधव नेपाल

मंगलवार , मंसिर ९, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले कार्यकर्तालाई पुराना दलगत मनोविज्ञान बानीव्यवहारबाट मुक्त भएर नयाँ एकीकृत पार्टी निर्माणमा समर्पित हुन निर्देशन दिएका छन्।

अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले हालै १४ वटा घटक एकीकृत भएर बनेको नयाँ नेपाली कम्युनिष्ट पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउन सचेत र एकतावद्ध भएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे।

नेपालले भने,'हामीले १४ वटा घटकलाई मिलाएर नयाँ पार्टी गठन गरेका छौँ। अब पुरानो पार्टीको धङधङी बोकेर हिँड्न हुँदैन। मनोविज्ञान बदलेर, नयाँ पार्टीको भावना र अनुशासनमा अघि बढ्नुपर्छ। त्यसका लागि प्रशिक्षण पनि आवश्यक छ।'

पार्टीभित्र देखिन सक्ने द्विविधा र समूहगत सोचलाई औंल्याउँदै उनले ‘पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको’ भन्ने मानसिकता त्याग्नुपर्ने बताए।

संगठनलाई छुट्टाछुट्टै ‘मेरो’ र ‘अरूको’ ठान्ने संस्कारले कमजोरी निम्त्याउने भन्दै उनले सबै जनसंगठन र संरचनालाई एकै धागोमा बाँधेर अघि बढ्नु नै सही मार्ग भएको स्पष्ट गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077