Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान, सपना मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान, सपना मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।

भारतीय प्रधानन्यायाधीश सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा डा. शर्मा चारदिने औपचारिक भ्रमणका लागि भारत गएका हुन् ।

भ्रमणमा जानुअघि सर्वोच्च अदालतमा आयोजित कार्यक्रममार्फत सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, अन्य न्यायाधीश तथा विशिष्ट कर्मचारीहरूले उनलाई बिदाइ गरेका थिए।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश डा. शर्माले भारतीय समकक्षी सूर्य कान्तसँग दुईपक्षीय भेटवार्ता गर्नेछन्।

साथै, भारतको सर्वोच्च अदालतको अवलोकन गरी न्यायिक प्रणाली, प्रशासन र अनुभव आदानप्रदानसम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यतालिका रहेको छ।

भ्रमण दलमा प्रधानन्यायाधीशकी धर्मपत्नी उमा शर्मा तथा सर्वोच्च अदालतका सह–रजिस्ट्रार अमित उप्रेती पनि सहभागी छन् ।

यस्तै सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दोस्रोपटक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन् ।

प्रधानन्यायाधीश डा. शर्मा बिहीबारदेखि भारत भ्रमणमा प्रस्थान गरेका कारण वरिष्ठतम् न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।

प्रधानन्यायाधीश डा. शर्मालाई बिदाई गर्न वरिष्ठतम् न्यायाधीश मल्ल आफैँ अन्तर्राष्ट्रिय विमानास्थल पुगेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077