Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बीपीको स्मृतिमा कांग्रेस संस्थापन इतर समूहको छुट्टै कार्यक्रम

बीपीको स्मृतिमा कांग्रेस संस्थापन इतर समूहको छुट्टै कार्यक्रम

बुधवार , श्रावण ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले वीपी स्मृति दिवसको कार्यक्रम सुरु भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन पूर्व महामन्त्री प्रकाशमान सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । 

समूहले ‘संवाद, सहमति र एकता- आजको आवश्यकता’ विषयक स्मृति सभा कार्यक्रम गरिरहेको छ ।

प्रज्ञा भवनमा आयोजित सभामा कांग्रेस इतर पक्षका नेताहरू खड्का र सिंहसहित कृष्णप्रसाद सिटौला, मोहन बस्नेत, बिमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला लगायत उपस्थित छन् ।

यता संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) लगायतका कार्यक्रम गरिरहेको छ ।

३ साउनमै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077