Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

गुल्मीमा चट्याङ लागेर ६ जना घाइते

शुक्रवार , चैत्र ६, २०८२

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर गुल्मीका विभिन्न स्थानमा छ जना घाइते भएका छन् ।

जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङमा शुक्रबार दिउँसो करिब साढे २ बजे परेको चट्याङबाट स्थानीय ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएका हुन् । 

घाइतेहरूको छाती, नाक र आँखामा चोट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

घाइतेहरूको मुसिकोट नगरपालिका वामिटक्सारस्थित स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइपुर्‍याइएको उनले जानकारी दिए ।

घटनापछि प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।

शुक्रबारै दिउँसो मालिका गाउँपालिका(३, ह्वाङ्दीमा परेको चट्याङ लागेर ६४ वर्षीय नारायण थापासहित उनकी नातिनी तीन वर्षीया आस्मा गिरी र ६ वर्षीया आशिका गिरीसमेत घाइते भएका सूचना अधिकारी सारुले जानकारी दिए । घाइतेहरू स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्खाबाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077