Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेसबाट जितेर रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्षसहित तीन जनप्रतिनिधि पदमुक्त

कांग्रेसबाट जितेर रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्षसहित तीन जनप्रतिनिधि पदमुक्त

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । नेपाली कांग्रेसबाट विजयी भई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका तीन जनप्रतिनिधि पदमुक्त भएका छन् । 

पदमुक्त हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का अध्यक्ष विष्णु ढकाल छन् । 

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम उनीहरू पदमुक्त भएको जनाएको छ। त्यसमा दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएपश्चात् आयोगको असार ८ गते सोमबार बसेको बैठकले तीन जना जनप्रतिनिधिलाई पद रिक्त गर्ने निर्णय गरेको थियो । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ मा भएको व्यवस्था अनुसार कुनै पनि निर्वाचित प्रतिनिधिले दल त्याग गरेमा उसको पद स्वतः रिक्त हुने कानूनी प्रावधान छ ।

सोही कानूनी व्यवस्था र दलको केन्द्रीय समितिको निर्णयका आधारमा निर्वाचन आयोगको असार ८ गतेको बैठकले निजहरूका पदहरू रिक्त भएको निर्णय गरेको हो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077