Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चैत २२ देखि पुनः मतदाता नामावली संकलन र अद्यावधिक हुने

चैत २२ देखि पुनः मतदाता नामावली संकलन र अद्यावधिक हुने

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । निर्वाचन आयोगले चैत २२ गतेदेखि पुनः मतदाता नामावली संकलन र अद्यावधिकको काम सुरु गर्ने भएको छ ।

आयोगको चैत १८ गतेको वैठकले यस्तो निर्णय गरेको हो । फागुन २१ गते भएको प्रतिनिधि निर्वाचनका कारण गत मंसिर ६ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने काम स्थगन गरिएको थियो ।

आयोगले एक सूचना जारी गर्दै राष्ट्रिय परिचय प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको पूर्व भर्ना विवरणपत्र प्रमालीमार्फत अनलाइन फाराम भरी आफ्नो फोटोसहित औठाछापसहितको जैविक विवरण दिन प्रदेश, जिल्ला निर्वाचन कार्यालयहरुमा स्वयम आफै उपस्थित हुनुपर्ने जनाइएको छ ।

यस्तै मतदाता नामावलीमा त्रुटी सच्याउने (नाम, थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा दुई भन्दा बढी मतदानस्थल भएको भए मतदातालाई पायक पर्ने ठाउँमा नाम सार्ने, नागरिकता अनुसारको विवरण सच्याउने, दोहोरो नाम सच्याउने, मृत्यु तथा बसाईसराईको विवरण अद्यावधिक गराउने) समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

null

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077