Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. जानकीकुमारी तुलाधर

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. जानकीकुमारी तुलाधर

शनिवार , आषाढ २७, २०८३

काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन् । 

यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाशमा गएका थिए ।

त्यसैले भण्डारीपछिको वरियतामा रहेकी आयुक्त डा तुलाधरले सो जिम्मेवारी सम्हालेकी हुन् । 

आयुक्त भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा। तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम छन् । 

तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको २०८२ वैशाख ५ गते र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको २०७९ फागुन ४ गते कार्यकाल सकिएको थियो । 

यसैबीच संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ)लाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

संसदीय सुनुवाइ समितिले तीनै जनाविरुद्ध उजुरी आह्वानसहित सुनुवाइ प्रक्रिया पनि सुरु गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077