एजेन्सी। भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको छ ।
भेनेजुयला सरकारका अनुसार भूकम्पकाकारण कम्तिमा चार हजार ११८ जनाको मृत्यु ,१६ हजार ७४० जना घाइते र हजारौँ नागरिक बेपत्ता रहेका छन् ।
यसैगरी तटीय राज्य ला गुइराका सम्पूर्ण जिल्लाहरूलाई प्रभावित गराएको भेनेजुएलाका संसद प्रमुख जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत जनाएका छन्। उनका अनुसार थप हजारौँ मानिसहरु बेपत्ता भएकाले खोजि तथा उद्धार कार्य जारी रहेको छ।
यद्यपि उद्धार टोलीहरूले अव जिवित व्यक्तिहरूको सम्भावना नरहेको जनाएका छन् भने परिवारका सदस्यहरूले उनीहरूलाई सम्मान जनक सस्कार गर्ने आशामा आफ्नो परिवारका सदस्यहरुलाइ भग्नावशेषमा खोज्ने कार्य जारी राखेका छन्।
पछिल्लो समयमा भेनेजुएलाले भूकम्पिय जोखिमको सामना गरिरहेको छ जहाँ लामो समय देखि चलिरहेको आर्थिक संकटले राज्य सेवाहरूलाई गम्भीर रूपमा बिगारेको जनाइएको छ।
त्यसैले संयुक्त राष्ट्र सङ्घले भेनेजुयलामा भूकम्प राहत कार्यका लागि लगभग ३० करोड डलरको तत्कालीन अपिल जारी गरेको छ।
स्थानीय समयअनुसार जुन २४ को साँझ केही सेकेन्डको अन्तरमा ७।२ र ७।५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलालाई हल्लाएका थिए।
ती भूकम्पले विशेषगरी प्रभावित क्षेत्रमा व्यापक जनधनको क्षति पुर्याएको हो।
त्यसपछि पनि दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा गत शनिबार ४।९ म्याग्निच्युड र आइतबार पुनः ५।६ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।