Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

भेनेजुएलामा आज फेरि ५.६ म्याग्निच्युडको भूकम्प, उद्धार कार्य जारी

भेनेजुएलामा आज फेरि ५.६ म्याग्निच्युडको भूकम्प, उद्धार कार्य जारी

'अघिल्लो भूकम्पबाट १४३० जनाको मृत्यु, ३ हजारबढी व्यक्ति घाइते'

आइतवार , आषाढ १४, २०८३

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आज पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।  

युरो९मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएएससी)का अनुसार भूकम्पको केन्द्रबिन्दू अरागुआ राज्यको तटनजिक समुद्री क्षेत्रमा रहेको छ। 

भूकम्प जमिनको सतहबाट करिब ३० किलोमिटर गहिराइमा मापन गरिएको जनाइएको छ।

हालसम्म यस पछिल्लो भूकम्पबाट ठूलो मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन।  

तर, केही दिनअघिको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा लगातार पराकम्प (आफ्टरशक) आइरहेकाले स्थानीय बासिन्दामा त्रास कायमै रहेको छ।

यसअघि स्थानीय समयअनुसार जुन २४ को साँझ केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले भेनेजुएलालाई हल्लाएका थिए।  

ती भूकम्पले विशेषगरी प्रभावित क्षेत्रमा व्यापक जनधनको क्षति पुर्‍याएको थियो।  

सरकारी प्रारम्भिक विवरणअनुसार हालसम्म १ हजार ४३० जनाको मृत्यु पुष्टि भएको छ भने ३ हजार ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

उद्धारकर्मीहरूले भग्नावशेष हटाउने र बेपत्ताको खोजी गर्ने कार्यलाई तीव्र बनाएका छन्। अधिकारीहरूका अनुसार ढलेका भवन र अन्य संरचनाभित्र अझै करिब ६८ हजार ९०० जना बेपत्ता रहेको आशंका गरिएको छ।  

यसैबीच शनिबार पनि भेनेजुएलामा ४.९ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।  

केही दिनयता लगातार भूकम्पका धक्का महसुस भइरहेकाले प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

भूकम्पपछिका धेरै परिवार विद्युत्, खानेपानी र सञ्चार सेवासमेत केही क्षेत्रमा प्रभावित भएको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077