काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बनको विषय सदनमा उठेको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई रसत्तारुढ दल रास्वपाकी सांसद श्रद्धा कुँवरले सो विषय कुरा सदनमा उठाएका हुन्।
सांसद राईले एन्फामाथिको निलम्बनका कारण नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य प्रभावित हुने भएकाले सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी निलम्बन फिर्ता गराउन आवश्यक कदम चाल्नुपर्ने बताए ।
उनले भने- 'खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानुनी अस्पष्टता तत्काल हटाइयोस्।'
उनले खेल क्षेत्रमा राजनीतिक तथा प्रशासनिक हस्तक्षेप अन्त्य गर्दै फिफाको विधानअनुसार एन्फाले स्वतन्त्र रूपमा आफ्नो विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरे।
यस्तै रास्वपाकी सांसद कुँवरले एन्फा अनिश्चितकालका लागि निलम्बनमा पर्दा सम्पूर्ण नेपाली खेलप्रेमी, खेलाडी र राष्ट्रकै प्रतिष्ठामा गम्भीर धक्का पुगेको बताइन्।
'आज विश्व समुदाय फुटबलको महोत्सव फिफा वल्र्डकपको रौनक मा रमाइरहेको छ। हामी पनि आफ्नो मनपर्ने देशको जर्सी लगाएर समर्थन गरिरहेका छौँ, तर विडम्बना, यही बेला आफ्नै देशको फुटबलको अवस्था सम्झँदा हाम्रो शिर गर्वले होइन, चिन्ताले झुक्न बाध्य भएका छन्,' सांसद कुँवरले भनिन् ।
एन्फाले गत वर्ष चैत १३ गतेका लागि केन्द्रीय निर्वाचन मात्रै गर्ने निर्णय गतेदेखि एन्फा र सरकारबीच विवाद चलेको थियो।
तहगत निर्वाचनका लागि पटक पटकको निर्देशन अटेर गरेपछि राष्ट्रिय खेलकुद परिषद ९राखेप० ले चैत ११ गते एन्फालाई ३ महिनाको लागि निलम्बन गरेको थियो।
पछि राखेपले जेठ १ गते निलम्बन फुकुवा गरेको थियो। एन्फा नेतृत्वले निशर्त निलम्बन फुकुवा भएको दौबी गरेको थियो। जारी विश्वकपको उद्घाटन समारोहमा भाग लिन मेक्सिको जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको थियो। अध्यक्ष नेम्वाङ, पदाधिकारी, सदस्य र कर्मचारी गरि २४ जनालाई राखेपको सिफारिस विदेश जान रोक लगाइएको थियो।
सरकार आफै एन्फाको विवादको विषयमा संलग्न भएपनि निष्कर्ष निकाल्न सकेको थिएन् ।
त्यसपछि फिफा काउन्सिल ब्युरोले गत बुधबार तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफा विधानको धारा १४ बमोजिम एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो । जसले गर्दा नेपाली फुटबललाई ठूलो धक्का लागेको छ ।
निलम्बनसँगै मेक्सिको, क्यानडा र अमेरिकामा जारी फिफा विश्वकपमा नेपालले भाग लिन पाएको छैन ।
यतानेपालले कुनै बेला घरेलु मैदानमा १–१ को बराबरीमा रोकेको जोर्डन भने विश्वकप खेलिरहेको छ ।