Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

इरानलाई सिध्याइदिने ट्रम्पको धम्की

इरानलाई सिध्याइदिने ट्रम्पको धम्की

आइतवार , आषाढ १४, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पुनः युद्धविराम उल्लंघन गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

उनले आवश्यक परे इरानको इस्लामिक गणतन्त्रको अस्तित्व नै समाप्त हुने गरी सैन्य कारबाही अघि बढाउन अमेरिका पछि नहट्ने बताएका हुन्।

अमेरिकाले इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण सुरु गरेलगत्तै ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत कडा सन्देश सार्वजनिक गरेका हुन्।

ट्रम्पले इरानले पुनः युद्धविराम सम्झौता उल्लंघन गरेपछि अमेरिकी सेनाले इरानका क्षेप्यास्त्र तथा ड्रोन भण्डारण केन्द्र, राडार प्रणाली र अन्य सैन्य पूर्वाधारलाई निशाना बनाएको दाबी गरेका छन्।

उनले आफ्नो सन्देशमा इरानले पटक–पटक सम्झौता उल्लंघन गर्दै आएको आरोप लगाउँदै भनेका छन्, 'इरानले सायद कहिल्यै पाठ सिक्ने छैन। यस्तो समय आउन सक्छ, जब हामी नरम नीति अपनाउने अवस्थामा रहने छैनौँ र सुरु गरेको अभियानलाई सैन्य बलमार्फत पूरा गर्न बाध्य हुनेछौँ। यदि त्यस्तो अवस्था आयो भने इरानको इस्लामिक गणतन्त्र अस्तित्वमा रहने छैन।'

अमेरिकाले इरानमाथिको पछिल्लो सैन्य कारबाहीको कारण स्ट्रेट अफ हर्मोजमा पानामाको झण्डा बोकेको तेल ट्याङ्करमाथि भएको आक्रमणलाई देखाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077