Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एन्फाले आन्दोलनरत खेलाडीहरूलाई वार्तामा बोलायो

एन्फाले आन्दोलनरत खेलाडीहरूलाई वार्तामा बोलायो

आइतवार , कार्तिक २३, २०८२

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आन्दोलनरत खेलाडीहरूलाई वार्तामा बोलाएको छ ।

खेलाडीहरूले सहिद स्मारक ए डिभिजन लिग लगायत अन्य प्रतियोगिता तीन वर्षसम्म नगर्ने निर्णयको विरोध गर्दै आन्दोलन सुरु गरेका थिए ।

एन्फाले जानकारी दिएको छ कि कात्तिक १७ गते एन्फा र ए डिभिजन क्लबहरूबीच लिग स्थगनसम्बन्धी सहमति भएको थियो।

यस निर्णयको विरोधमा उत्रिएका खेलाडीलाई वार्तामा आउन एन्फाले आग्रह गरेको हो। वार्ता कात्तिक २४ गते सोमबारका लागि तय गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077