Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

रक्षा बमले भनिन् - बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्

रक्षा बमले भनिन् - बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई लिएर काठमाडौं महानगरपालिका, नगर प्रहरी र राज्य संयन्त्रको कार्यशैलीप्रति आलोचना गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणाामा महानगरको नेतृत्वले अपनाएको शैलीप्रति गम्भीर प्रश्न उठाएकी हुन् ।

शुक्रबार सार्वजनिक फेसबुक स्टाटसमा बमले काठमाडौं महानगरपालिकाको नगर प्रहरीको कार्यशैलीलाई 'अमानवीय, असंवेदनशील र गुण्डागर्दी प्रवृत्तिको' संज्ञा दिँदै यस्तो व्यवहार तत्कालिन मेयर बालेन्द्र शाहको कार्यकालमा संस्थागत भएको आरोप लगाइन् ।

उनले सडक व्यापारी, सुकुम्बासी तथा विपन्न वर्गमाथि राज्य संयन्त्रले देखाएको व्यवहारकै परिणामस्वरूप गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको दाबी गरेकी छन्।

बमका अनुसार बालेन शाहले स्थानीय तह निर्वाचनका बेला सडक व्यापारीको व्यवस्थापन सहज र मानवीय ढंगले गर्ने प्रतिबद्धता जनाए पनि नेतृत्व सम्हालेपछि गरिबमुखी नीतिभन्दा दमनात्मक शैलीलाई प्राथमिकता दिएका छन्। अदालतको हस्तक्षेप र नागरिक दबाबपछि मात्र महानगरको कार्यशैली केही परिवर्तन भएको उनको भनाइ छ।

आफ्नो धारणा पुष्टि गर्न उनले कर्णालीमा काफल बेच्ने महिलामाथि भएको दुर्व्यवहार तथा वन कर्मचारीको भेषमा गरिबको अटो भिरबाट खसालिएको घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता घटनाले राज्य संयन्त्रभित्र गहिरो अमानवीय प्रवृत्ति रहेको देखाउने दाबी गरेकी छन्।

गणेश नेपालीको मृत्युबारे भइरहेको बहसका बीच दोष अन्यत्र मोड्ने प्रयास हुन सक्ने आशंका व्यक्त गर्दै उनले विवादास्पद विषयहरू अघि सारेर जनध्यान अन्तैतिर मोड्ने प्रवृत्तिप्रति पनि टिप्पणी गरेकी छन्।

बमले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो नेतृत्व शैलीमा आत्मसमीक्षा र सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै समर्थकहरूले पनि नेतृत्वका कमजोरीमाथि रचनात्मक प्रश्न उठाउनुपर्ने बताइन्। अन्यथा यस्ता दुःखद घटनाहरू दोहोरिने र 'गणेशहरू मरिरहने अवस्था अन्त्य नहुने' उनको चेतावनी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077