Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

गणेश नेपालीको मृत्युपछि सदन र सडक तात्यो, बालेनको राजीनामा माग

गणेश नेपालीको मृत्युपछि सदन र सडक तात्यो, बालेनको राजीनामा माग

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको मृत्युले संसद् र सडक तातेको छ ।

घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भूमिकामाथि प्रश्न उठाउँदै संसद् र सडक दुवैबाट राजीनामाको माग गरिएको हो ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । त्यसयता घटनालाई लिएर सरकारको आलोचना तीव्र बन्दै गएको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री शाहको मौनतामाथि कडा प्रश्न उठाइन्।

विपक्षमा रहँदा राज्यका कमजोरीमाथि तीखा टिप्पणी गर्ने प्रधानमन्त्री अहिले आफ्नै सरकारको जिम्मेवारीमा हुँदा किन मौन बसेको भन्दै उनले जवाफ मागिन्।

उनले सरकार नागरिकको सुरक्षा गर्न असफल भएको आरोप लगाउँदै प्रधानमन्त्रीलाई जनताका वास्तविक समस्या बुझ्न आग्रह गरिन्। 'अब कालो चस्मा खोल्ने बेला आएको छ,' भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरिन्।

यस्तै, राष्ट्रियसभामा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले सरकारको व्यवहारलाई 'क्रूर' भन्दै गणेश नेपालीको मृत्युको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

आगोले जलेका व्यक्तिलाई समेत अमानवीय व्यवहार गरिएको आरोप लगाउँदै उनले प्रधानमन्त्री शाहले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरे।

संसद्सँगै सडकमा पनि विरोध चर्किएको छ। शुक्रबार माइतीघर मण्डलामा भेला भएका युवाहरूले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्।

प्रदर्शनकारीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना, राइडर तथा श्रमिक वर्गका समस्याप्रति राज्यको बेवास्ता तथा संवेदनहीन नीतिका कारण यस्तो दुःखद घटना भएको आरोप लगाए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077