Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

गणेश नेपालीको स्वास्थ्यबारे अस्पतालले भन्यो– अत्यन्तै नाजुक अवस्था भएकाले केही भन्न सकिँदैन

गणेश नेपालीको स्वास्थ्यबारे अस्पतालले भन्यो– अत्यन्तै नाजुक अवस्था भएकाले केही भन्न सकिँदैन

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं। वीर अस्पतालले आत्मदाहको प्रयास गरेका गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका चिकित्सकहरूले गणेशको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र जुनसुकै बेला थप बिग्रिन सक्ने जनाएको छ।

करिब ५५ प्रतिशत शरीर जलेका गणेशको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

अस्पतालका अनुसार अनुहार तथा श्वासप्रश्वास प्रणालीमा गम्भीर असर परेकाले उपचार चुनौतीपूर्ण बनेको छ।

'अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन। कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ,' अस्पतालको भनाइ छ ।

यद्यपी अस्पतालले गणेशको जीवन रक्षाका लागि अस्पताल, सरकार र चिकित्सक टोली एकढिक्का भएर लागिरहेको जनाएको छ ।

उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको छ ।

नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।

आगो लाग्ने वितिक्क प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याइएको थियो ।

मुगुको सोरु गाउँपालिकाका भएका र पेसाले पठाओ राइड सेयरिङ चालक रहेका गणेशको हिजो महानगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा राखेको भन्दै मोटरसाइकलमा साँचो 'ह्वील लक' लगाएपछि उनी आक्रोशित बनेका थिए ।

सोही विषयलाई लिएर विवाद र तनाव भएपछि उनले आफूले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकाली आफ्नै शरीरमा छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077