काठमाडौं । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको परिवारलाई आफ्नो तीन दिन बराबरको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले घटनालाई अत्यन्त दुःखद भन्दै सरकारको व्यवहारप्रति कडा असन्तुष्टि व्यक्त गरे।
उनले राज्यको लापरवाही र ज्यादतीका कारण एक नागरिकले ज्यान गुमाउनुपरेको आरोप लगाउँदै पीडित परिवारलाई तत्काल उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग माग गरे।
ूसानो भए पनि सदनमा मैले पाउने जुन सुविधा छ, त्यो सुविधामार्फत तीन दिनको सहयोग गर्न चाहन्छु,ू भन्दै उनले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मुगुका गणेश नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा शुक्रबार उनको निधन भएको हो ।