Jul 10 2026 | २०८३, आषाढ २६ गते

10 Jul 2026 | शुक्रवार, आषाढ २६ गते २०८३

शुक्रवार, आषाढ २६ गते २०८३
images
images

पाथीभरा माताले फेसबुक लाइभमै गरिन् विष सेवन, आईसीयूमा उपचार जारी

पाथीभरा माताले फेसबुक लाइभमै गरिन् विष सेवन, आईसीयूमा उपचार जारी

शुक्रवार , आषाढ २६, २०८३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित पाथीभरा मन्दिरसँग सम्बन्धित पाथीभरा माता (समीर थापा) ले शुक्रबार फेसबुक लाइभमार्फत विष सेवन गरेपछि उनलाई गम्भीर अवस्थामा उद्धार गरी कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ ।

हाल उनको आईसीयूमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विष सेवनपछि तत्काल अस्पताल लगेर पाथीभरा माताको उपचार भइरहेको छ ।

हाल स्वास्थ्य अवस्था सामान्यतर्फ उन्मुख रहेको भए पनि विषको मात्रा र प्रकृतिअनुसार असर फरक–फरक देखिन सक्ने भएकाले चिकित्सकको निगरानीमा राखिएको छ ।

यो घटना केही दिनयता सामाजिक सञ्जालमा चर्किएको विवादबीच भएको हो । चार दिनअघि प्रसारण भएको ‘प्रकाश सुवेदी शो’ मा समाजसेवी बेदिका केसीले पाथीभरा माता (समीर थापा) सम्बन्धमा विभिन्न आरोप लगाएकी थिइन्।

उनले समीर थापा पुरुष रहेको, विवाह गरिसकेको, आफूलाई ‘माता’का रूपमा प्रस्तुत गरेको तथा धर्मको नाममा ढोंग गरेको आरोप लगाएकी थिइन्।

साथै, सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोको उल्लेख गर्दै मदिरा सेवन र अन्य गतिविधिबारे पनि टिप्पणी गरेकी थिइन्।

उक्त अन्तर्वार्तापछि पाथीभरा माताले सामाजिक सञ्जालमार्फत निरन्तर भिडियो सार्वजनिक गर्दै आफ्नो बचाउ गर्दै आएकी थिइन्। शुक्रबार भने उनले फेसबुक लाइभकै क्रममा विष सेवन गरेकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077