Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो

गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो

शुक्रवार , आषाढ २६, २०८३

काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज निधन भएपछि उनका आफन्तसहितले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै माइतीघर मण्डला र वीर अस्पताल परिसरमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका प्रदर्शनकारीहरुले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि माग गरेका छन् ।

मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीले बिहीबार महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। 

त्यसपछि वीर अस्पताल लगिएको उनको आज उपचारकै क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077