काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन भएपछि सरकारविरुद्ध प्रदर्शन भएको छ ।
अस्पतालले नेपालीलाई मृत घोषणा गरेसँगै माइतीघर मण्डलामा ‘हत्यारा सरकार मुर्दावाद भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा युवाहरूले ‘हत्यारा सरकार मुर्दावाद’, ‘बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो ?’, ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्ने पम्पप्लेट बोकेका छन् ।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको थियो ।