Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएपछि रक्षा बमको प्रश्न - तपाईंले जानेकै यत्ति हो ?

प्रधानमन्त्रीले सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएपछि रक्षा बमको प्रश्न - तपाईंले जानेकै यत्ति हो ?

बिहिवार , बैशाख १०, २०८३

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह द्वारा सुकुम्बासी बस्ती खाली गराउने निर्देशनप्रति असन्तुष्टि जनाएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले प्रधानमन्त्रीको कदमलाई “अपरिपक्वता” मात्र नभई जनताप्रति सिंगो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को “राजनीतिक बेइमानी” को रूपमा व्याख्या गरेकी छन् ।

उनले लेखेकी छन्, 'बालेन, तपाईंले जानेकै यत्ति हो ? यदि यस्तै हो भने, यो तपाईंको अपरिपक्वता मात्र होइन, जनताप्रति सिंगो रास्वपाको राजनीतिक बेइमानी हो।'

प्रधानमन्त्री शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबारमा बोलाएर थापाथलीस्थित बागमती किनारका सुकुम्बासी बस्ती हटाउने निर्देशन दिएका थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077