Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

सरकारलाई रक्षा बमको प्रश्न- हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो ?

सरकारलाई रक्षा बमको प्रश्न- हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो ?

आइतवार , आषाढ २१, २०८३

काठमाडौं। जेनजी अभियन्ता रक्षा बमले पछिल्ला संवैधानिक तथा शैक्षिक नेतृत्वका नियुक्तिमा महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व नसमेटिएको भन्दै सरकारको आलोचना गरेकी छन्।

निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सिफारिस तथा विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्ति हुँदा एक जना पनि महिला नपरेको र दलित तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व नदेखिएको भन्दै उनले प्रश्न उठाएकी हुन्।

रक्षा बमले आज सामाजिक सञ्जालमार्फत सरकारलाई लक्षित गर्दै भनेकी छन्- 'सरकारले संसदबाटै दलितहरूसँग माफी मागेको थियो। तर दलित तथा सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराउन किन आवश्यक ठानेन ?'

साथै, उनले परिवर्तनको नाममा केवल व्यक्ति फेरिनु मात्र पर्याप्त नभएको उल्लेख गर्दै नेतृत्वशैली र राज्यको सोचमा समेत परिवर्तन आवश्यक रहेको बताएकी छन्। 

'सरकारले हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो भने त ठीकै छ। होइन भने, यस्ता पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन हामीले खोजेका होइनौँ,' उनले थप टिप्पणी गरेकी छन्।

रक्षा बमको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समावेशी प्रतिनिधित्व, लैङ्गिक समानता र संवैधानिक निकायमा विविध समुदायको सहभागिताबारे बहस चुलिएको छ।

निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तका लागि सिफारिस तथा सात विश्वविद्यालयमा उपकुलपति नियुक्ति भएपछि लैङ्गिक समानता र समावेशी प्रतिनिधित्वको विषय फेरि बहसमा आएको हो।

शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले उक्त नियुक्ति गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077