Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

पहिरोमा परेर घाइते भएकी महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

पहिरोमा परेर घाइते भएकी महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

आइतवार , आषाढ २१, २०८३

डोल्पा। डोल्पामा पहिरोसहित आएको बाढीमा परेर घाइते भएकी एक महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

डोल्पाको जगदुल्ला गाउँपालिका-५ स्थित गैरीगाउँ, धुलाखोला क्षेत्रमा बाढीका कारण ४४ वर्षीया महिला घाइते भएकी थिइन्। 

उनको प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएपछि उद्धार गरिएको हो।

उनलाई उद्धार गरेर सुर्खेतस्थित प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको छ ।

आज बिहान डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि आएको उक्त लेदोसहितको पहिरोमा परेर करिब ५५–५६ वर्षीया आनन्दा विकको मृत्यु समेत भएको छ ।  

बिहान करिब ३ बजे धुलाखोलामा आएको हिलोसहितको बाढी बस्तीमा पसेपछि घटनामा ६० वर्षीया जस विक, ४४ वर्षीया रेउली विक, १५ वर्षीया निरुता विक र १३ वर्षीया सिता विक घाइते भएका छन् । घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि रिफर गरिएको छ । अन्य तीन जनाको उपचारपछि डिस्चार्ज गरिएको छ ।

प्रहरीका अनुसार बाढी र पहिरोले एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077