काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै व्यंग्यात्मक टिप्पणी गरेकी छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बमले प्रधानमन्त्रीको अभिव्यक्तिको आशय र राजनीतिक सन्दर्भबारे प्रश्न उठाएकी हुन्।
उनले लेखेकी छन्, 'ठिकै छ, सीमा को कुरा त बुझियो, तर सभापति र प्रधानमन्त्रीबीच दिल्लीको प्यारो को हुने भन्ने कम्पिटिसन त चलेको होइन नि ? कि के हो ?'
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा जवाफ दिने क्रममा “भारतले मात्रै होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि संसददेखि सडक र सामाजिक सञ्जालसम्म व्यापक बहस र आलोचना भइरहेको छ।