Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

कुमार बेनलाई रक्षा बमले भनिन् - फिल्मको स्क्रिप्टले राज्य चल्दैन, आफ्नो पदको गरिमा राख्नू

कुमार बेनलाई रक्षा बमले भनिन् - फिल्मको स्क्रिप्टले राज्य चल्दैन, आफ्नो पदको गरिमा राख्नू

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले विभिन्न सञ्चारगृहअगाडि गाडी पार्किङ गरिएको घटनालाई लिएर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन प्रश्न उठाएकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत लामो टिप्पणी गर्दै सरकार आलोचना सहन नसक्ने मानसिकताबाट अघि बढिरहेको आरोप लगाएकी हुन् ।

बमले आफूलाई जानकारी भएअनुसार ट्रोल नेपाल पेजका सञ्चालक प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन रहेको उल्लेख गर्दै, “जथाभावी पार्किङले कस्तो समस्या निम्त्याउँछ भन्ने देखाउन” सञ्चारगृहअगाडि गाडी राखिएको भन्ने तर्कप्रति आपत्ति जनाएकी छन् ।

उनले यस सन्दर्भमा प्रतिनिधिसभा निर्वाचनअघिको एउटा पुरानो घटना स्मरण गर्दै समानुपातिक सूचीको आलोचना गर्नेहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिइएको दाबी गरेकी छन् । त्यतिबेला आफूले पनि सूचीको विरोध गरेको उल्लेख गर्दै बेनज्यूको अभिव्यक्तिलाई अहिलेको घटनासँग जोडेर “त्यो मजाक होइन, तानाशाही मानसिकताको झल्को” भएको टिप्पणी गरेकी छन्।

रक्षा बमले फरक मतलाई अपराध ठान्ने, आलोचनालाई शत्रुताका रूपमा हेर्ने र असहमतिलाई धम्कीमार्फत दबाउन खोज्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको बताएकी छन्।

उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई लक्षित गर्दै पदको गरिमा कायम राख्न आग्रह गर्दै लेखेकी छन् कि नागरिकलाई धम्क्याउने वा सञ्चारमाध्यममाथि शक्ति प्रदर्शन गर्ने अधिकार कसैलाई नभएको उल्लेख गरेकी छन्।

पार्किङ व्यवस्थापन सरकारको जिम्मेवारी भए पनि त्यसका लागि सञ्चारगृहअगाडि गाडी तेर्स्याएर सन्देश दिन खोजिएको हो भने त्यो स्वीकार्य नहुने उनको भनाइ छ।

त्यस्तै, बमले नगर प्रहरीले आत्मदाह गरेका गणेश नेपालीसँग गरेको व्यवहारको पनि आलोचना गरेकी छन्। उनले पार्किङ व्यवस्थापनको विरोध नभई नागरिकप्रति प्रयोग गरिएको व्यवहार र शैलीको विरोध भएको स्पष्ट पारेकी छन्।

टिप्पणीको अन्त्यमा उनले “कुनै फिल्मको स्क्रिप्ट लेखेर फिल्म चलाउनु र राज्यसत्ता सञ्चालन गर्नु दुई फरक कुरा हुन्” भन्दै सरकारलाई शक्ति प्रदर्शनभन्दा लोकतान्त्रिक उत्तरदायित्व र नागरिकप्रति संवेदनशील व्यवहार अपनाउन आग्रह गरेकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077