Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

दीपक भट्ट र प्रदीप अधिकारीको कारागार सरुवा, कहाँ सारियो ?

दीपक भट्ट र प्रदीप अधिकारीको कारागार सरुवा, कहाँ सारियो ?

आइतवार , आषाढ २१, २०८३

काठमाडौं। व्यवसायी दीपक भट्ट र नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीको कारागार सरुवा गरिएको छ ।

विभागबाट पत्र आएपछि भट्ट र अधिकारीको शुक्रबार सरुवा गरिएको हो ।

कारागार प्रशासन स्रोतका अनुसार दीपक भट्टलाई ललितपुरस्थित नख्खु कारागारमा सरुवा गरिएको छ । अधिकारीलाई भने केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको छ ।

उनीहरू दुवैजना डिल्लीबजार कारागारमा थिए ।

अन्य कारागार भन्दा डिल्लीबजार कारागारमा प्रायजसो भीआईपी कैदीबन्दीहरुको रोजाईमा पर्दै आएको छ ।  

जहाँ हाल पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ, लगायत चर्चित कैदीबन्दी रहेका छन्।

भट्ट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा थुनामा रहेका छन् भने अधिकारी भ्रष्टाचार मुद्दामा थुनामा छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077