Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

डिल्लीबजार कारागारबाट हटाइए दीपक भट्ट र प्रदीप अधिकारी, किन गरियो स्थानान्तरण ?

डिल्लीबजार कारागारबाट हटाइए दीपक भट्ट र प्रदीप अधिकारी, किन गरियो स्थानान्तरण ?

शनिवार , आषाढ २०, २०८३

काठमाडौं । कारागार कार्यालय डिल्लीबजारमा पुर्पक्षका लागि थुनामा रहेका विचौलिया दीपक भट्ट र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ ।

कारागार व्यवस्थापन विभागले शुक्रबार दुवै जनाको कारागार परिवर्तन गर्ने निर्णय गरेको हो ।

विभाग स्रोतका अनुसार दीपक भट्टलाई नख्खु कारागार र प्रदीप अधिकारीलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको छ ।

भट्ट सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका छन्। यता, अधिकारी भने भ्रष्टाचार मुद्दामा न्यायिक हिरासतमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077