Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन माग्दै मानवअधिकार आयोगमा ओलीको निवेदन

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन माग्दै मानवअधिकार आयोगमा ओलीको निवेदन

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा औपचारिक निवेदन दिएका छन्।

अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्।

निवेदनमार्फत ओलीले गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन, त्यससम्बन्धी निर्णय, बयान तथा संकलित प्रमाणसहित सम्पूर्ण कागजातको प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन्।

ओलीले आयोगले संविधान र प्रचलित कानूनविपरीत कारबाहीको सिफारिस गरेको दाबी गर्दै त्यसले आफूलाई प्रत्यक्ष असर पारेको उल्लेख गरेका छन्। त्यसैले आयोगको निष्कर्ष कुन तथ्य र प्रमाणका आधारमा तयार गरिएको हो भन्ने जानकारी पाउनु आफ्नो संवैधानिक अधिकार भएको उनको जिकिर छ।

निवेदनमा उनले भनेका छन्, आयोगले संविधान कानूनविपरीत कारबाहीको सिफारिस गरेको अवस्था देखिँदा यसबाट मलाईसमेत प्रत्यक्ष असर परेको हुँदा यस सम्बन्धित निर्णय वास्तविक हो वा होइन, यस्तो निर्णय निष्कर्षमा पुग्दा कस्ता तथ्य प्रमाणसंकलन गरिए भन्ने विषय थाहा पाउनु मेरो अधिकार हो।

ओलीले आयोगले आफूविरुद्ध भएको भनिएको निर्णय र त्यसको आधार बनेको अनुसन्धान प्रतिवेदन स्वतः औपचारिक रूपमा उपलब्ध गराउने अपेक्षा गरेको भए पनि निर्णय सार्वजनिक भएको करिब ३० दिन बित्दासमेत कुनै आधिकारिक जानकारी नदिइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

उनले निवेदनमा नियतवश आफूलाई लाञ्छित गर्ने उद्देश्यले निर्णय गरिएको जस्तो देखिएको आरोपसमेत लगाउँदै आयोगसँग सम्पूर्ण कागजात तत्काल उपलब्ध गराउन आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077