काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बधाई दिएका छन् ।
चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सभापतिमा चुनिएपछि उनले बधाई दिएका हुन् ।
खड्काले सामाजिक सञ्जाल ‘एक्स’मार्फत् लामिछानेलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका हुन्।
'राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा रवि लामिछानेजीलाई धेरै धेरै बधाई तथा कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना,; खड्काले सामाजिक सञ्जाल ‘एक्स’ लेखेका छन् ।
यससँगै उनले महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पनि बधाई दिएका छन्।
'निर्वाचित सबै पदाधिकारी र सदस्यहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। प्रथम राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा सभापति रवि लामिछाने र उहाँको सम्पूर्ण टिमलाई विशेष बधाई' खड्काले थप लेखेका छन्,।