Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बालेन सरकार विकास र सुधारको बाटो छाडेर ‘उल्टो दिशामा’ अघि बढेको कुलमान घिसिङको आरोप

बालेन सरकार विकास र सुधारको बाटो छाडेर ‘उल्टो दिशामा’ अघि बढेको कुलमान घिसिङको आरोप

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको नीति र निर्णयहरू जनहितविपरीत रहेको आरोप लगाउँदै सरकार विकास र सुधारको बाटो छाडेर ‘उल्टो दिशामा’ अघि बढेको टिप्पणी गरेका छन्।

रामेछापको मन्थलीमा पत्रकार तथा नागरिक अगुवासँगको भेटघाट कार्यक्रममा बोल्दै घिसिङले पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युतीय ऊर्जाको उपयोग बढाउनुपर्ने बेला सरकारले विद्युतीय सवारीसाधनमा कर बढाएको भन्दै आलोचना गरे। उनका अनुसार वातावरण संरक्षण र ऊर्जा आत्मनिर्भरताको लक्ष्य विपरीत सरकारले उल्टो नीति लिएको छ।

शिक्षा र स्वास्थ्य सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयलाई पनि उनले जनविरोधी नीतिको संज्ञा दिए। उनले यस्तो व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणापत्रको भावना विपरीत रहेको दाबी गर्दै, “एक प्रतिशत नै किन नहोस्, यो नीतिगत विषय हो,” भने।

घिसिङले सरकारले श्रमिकको हितमा कुनै ठोस कदम चाल्न नसकेको आरोप पनि लगाए। श्रमिकहरूको न्यूनतम ज्याला नबढाइएको उल्लेख गर्दै उनले सरकार श्रमिकमैत्री नभएको टिप्पणी गरे।

उनले बजेट हेरफेरको विषय उठाउँदै पूर्वअर्थमन्त्री जनार्दन शर्माले त्यही आरोपका कारण पद छाड्नुपरेको स्मरण गराए। अहिलेका अर्थमन्त्रीमाथि पनि बजेटका करका दर खुला रूपमा हेरफेर गरिएको चर्चा सार्वजनिक भएको भन्दै उनले निष्पक्ष छानबिनको आवश्यकता औँल्याए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077