Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामी सडकबाटै आम नेपाली जनताको सरकार चलाउछौँ: कुलमान घिसिङ

हामी सडकबाटै आम नेपाली जनताको सरकार चलाउछौँ: कुलमान घिसिङ

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीले सडकबाटै जनताको सरकार चलाउने घोषणा गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन सडकबाटै सशक्त भूमिका निर्वाह गर्ने बताएका हुन् ।

पूर्व उर्जामन्त्री समेत रहेका कुलमानले मतदाताले सडकमा बसेर सरकार चलाउन मतदान गरेको भन्दै सोहीअनुसार आफूहरूले सडकबाटै आम जनताको सरकारको रुपमा काम गर्ने बताए।

'उज्यालो नेपाल पार्टी सडकमा बसेर सरकार चलाउनु भनेर हामीलाई म्यान्डेट दिएको छ हामी सडकमा बसेर आम नेपाली जनताको सरकार चलाउने छौँ। देशको समस्या, यो देशमा भएका विभेद र यो देशलाई समृद्धितिर लैजानका लागि सशक्त भुमिका निभाउनेछौँ,' उनले भने ।

उनले राष्ट्रियता, सुशासन र जनताका विद्यमान समस्याको समाधानका लागि आफ्नो पार्टीले निरन्तर खबरदारी गर्ने उल्लेख गर्दै राम्रो कामलाई समर्थन र खराब कामको कडा आलोचना गरिने बताए ।

साथै आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नेपालको सशक्त पार्टीको रुपमा आफूहरूको उदय हुने समेत उनको जिकिर छ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसक्नुको कारण समय अभाव रहेको निष्कर्ष पनि उनले सुनाए ।

फागुन २१ गते भएको निर्वाचनमा फागुन २१ गते भएको निर्वाचनमा उनी नेतृत्वको उज्यालो नेपाल पार्टीले एक सिट पनि जितेन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077