Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

हर्क साम्पाङको प्रश्न - बाटो नबनाउने, खाल्डा नटाल्ने सरकारको लक्ष्य दुर्घटना रोक्नु कि राजस्व उठाउनु हो ?

हर्क साम्पाङको प्रश्न - बाटो नबनाउने, खाल्डा नटाल्ने सरकारको लक्ष्य दुर्घटना रोक्नु कि राजस्व उठाउनु हो ?

शनिवार , आषाढ १३, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले प्रस्ताव गरेको नयाँ ट्राफिक नियमप्रति प्रश्न उठाएका छन् ।

सडक पूर्वाधार सुधार नगरी कडा ट्राफिक कानुन लागू गर्न खोजिएको भन्दै उनले सरकारको उद्देश्य दुर्घटना न्यूनीकरण हो कि राजस्व संकलन भन्ने प्रश्न गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “कानुन ल्याउन लागेको, तर बाटो बनाउँदैन। बाटोका खाल्डा टाल्दैन। यस्तो अवस्थामा सरकारले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम ल्याउँदैछ कि राजस्व संकलनका लागि मात्रै डुक्रिंदैछ ?”

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशोधनमार्फत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कडा जरिवाना र सजायको व्यवस्था गर्ने तयारी गरिरहेका बेला सांसद समेत रहेका हर्कको टिप्पणी सार्वजनिक भएको हो ।

सरकारले ल्याउन लागेको नयाँ सवारी ऐनमा ट्राफिक नियम उल्लंघन गर्नेलाई ढाड भाँच्नेगरी जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।

ऐनको मस्यौदामा मादक पदार्थ सेवन गर्नेलाई ५० हजार र सवारी चलाएको समयमा मोबाइल चलाए १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

लाइसेन्स बिना सवारी चलाए १५ हजार र गाडीमा अपारदर्शी सिसा राखे १ लाख रुपैयाँसम्म तिर्नुपर्नेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077