Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

शनिवार , आषाढ १३, २०८३

धनगढी । कैलालीका विभिन्न स्थानबाट लागुऔषध (खैरो हेरोइन) सहित ६ जनाजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरु शुक्रबार छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका हुन् ।

गोदावरी नगरपालिका–८ स्याउलेबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १९० मिलिग्राम पदार्थसहित स्थानीय १८ वर्षीय एक किशोर शुक्रबार बिहान पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा लागूऔषध फेला पारेको हो ।

त्यसैगरी धनगढी उपमहानगरपालिका–२ मिलनचोकबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम ६० मिलिग्राम पदार्थसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–७ का १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय विष्णु खत्री रहेका छन्। उनीहरूलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै टिकापुर नगरपालिका–९ खक्रौलाबाट पनि खैरो हेरोइनजस्तो देखिने ४०० मिलिग्राम धुलो पदार्थसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका–८ का २७ वर्षीय अरुण चौधरी र २७ वर्षीय धनप्रसाद अधिकारी रहेका छन् ।

प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद गरेको जनाएको छ ।

पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077