Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

शनिवार , आषाढ १३, २०८३

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९, भातेढिकुर चोकमा छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । 

शुक्रबार साँझ करिब ७ः४५ बजे उदयपुरको कटारी नगरपालिका–५ घर भई भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीको २४ वर्षीय छोरा किरण चौधरीको कुटपिटबाट मृत्यु भएको हो ।

घाइते चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएको र राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

छोरा किरण पक्राउ परेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077