Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बाजुरामा ढुंगा लागेर वडा सदस्यको मृत्यु

बाजुरामा ढुंगा लागेर वडा सदस्यको मृत्यु

मंगलवार , बैशाख २९, २०८३

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नगरपालिका–३ ताँप्राकी ३७ वर्षीया कल्पनादेवी थापा रहेका छन् ।

को जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मंगलबार दिउँसो फालासैनबाट घर फर्किने क्रममा गुइगाड खोलाको पुल नजिकै भिरबाट खसेको ढुङ्गा लागेर उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीयले खबर गरेपछि बार्जुगाड प्रहरी चौकीबाट खटिएको टोलीले थापालाई मृतावस्थामा फेला पारेको प्रवक्ता, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

थापा विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले बाट निर्वाचित भएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077