Jun 30 2026 | २०८३, आषाढ १६ गते

30 Jun 2026 | मंगलवार, आषाढ १६ गते २०८३

मंगलवार, आषाढ १६ गते २०८३
images
images

जर्मनीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

जर्मनीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु

मंगलवार , आषाढ १६, २०८३

एजेन्सी । जर्मनीमा छोरीको अभिभावकीय हेरचाह (कस्टडी) सम्बन्धी विवाद हिंसात्मक बन्दा एक युथ वेलफेयर केन्द्रमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार सोमबार दिउँसो करिब १२ बजे हामबर्ग नजिक रहेको एक युथ वेलफेयर फ्यासिलिटीमा ४५ वर्षीय एक पुरुषले अन्धाधुन्ध गोली चलाएका थिए।

गोली लागेर चार महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबै उक्त संस्थाका कर्मचारी रहेको बताइएको छ। घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् भने उनीहरूको उपचार भइरहेको छ।

प्रहरीका अनुसार गोली चलाउने व्यक्तिको तीन महिनाकी छोरी र उनकी आमा पनि घटनाका बेला सोही केन्द्रमा उपस्थित थिए। यद्यपि उनीहरू दुवै सुरक्षित रहेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार ती पुरुष छोरीको कस्टडी सम्बन्धी छलफलका लागि केन्द्र पुगेका थिए। सोही क्रममा विवाद चर्किएपछि उनले गोली चलाएको आशंका गरिएको छ।

प्रहरीले मुख्य आरोपितसहित तीन जनालाई पक्राउ गरी घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077