Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

युरोपमा गर्मीका कारण १३ सय बढीको मृत्यु

युरोपमा गर्मीका कारण १३ सय बढीको मृत्यु

सोमवार , आषाढ १५, २०८३

एजेन्सी । युरोप महाद्वीप यतिबेला इतिहासकै सबैभन्दा भीषण गर्मीको चपेटामा परेको छ । जुन २१ देखि शुरू भएको अत्यधिक गर्मीका कारण युरोपभर हालसम्म १,३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै युरोपमा अत्यधिक तापक्रमका कारण १,३०० भन्दा बढी मृत्यु रेकर्ड गरिएको पुष्टि गरेका छन् ।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार फ्रान्समा मात्रै सामान्य औसतभन्दा करिब एक हजार बढी मानिसको मृत्यु भएको छ। 

अधिकारीहरूका अनुसार ज्यान गुमाउनेहरूमध्ये ८५ प्रतिशतभन्दा बढी ६५ वर्षमाथिका वृद्धवृद्धा छन् र सबैभन्दा बढी मृत्यु घरभित्रै भएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार आइतबार युरोपका करिब १९.१ करोड मानिसले ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रमको सामना गर्नुपरेको थियो ।

गर्मीका कारण कतै सडकहरू पग्लिरहेका छन्, कतै विद्यालयहरू बन्द गरिएका छन् भने कतै जङ्गलमा भीषण डढेलो लागेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077