Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

मृत्युदण्ड सुनाइएकी शेख हसिनाद्वारा यसै वर्ष बंगलादेश फर्कने घोषणा

मृत्युदण्ड सुनाइएकी शेख हसिनाद्वारा यसै वर्ष बंगलादेश फर्कने घोषणा

सोमवार , आषाढ १५, २०८३

एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अदालतले मृत्युदण्डको सजाय सुनाएको केही महिनापछि उनको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

७८ वर्षीया शेख हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएसँगै देश छोडेर भारत पुगेकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन् ।

गत जनवरीमा नयाँ दिल्लीस्थित एक प्रेस क्लबबाट प्रसारित सम्बोधनबाहेक उनको सार्वजनिक उपस्थिति लगभग शून्यजस्तै छ ।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीलाई दिएको अन्तर्वार्तामा हसिनाले आफूलाई मृत्युदण्डको कुनै डर नभएको बताएकी छन् । उनले आफूमाथि भएको अदालती कारबाहीलाई अवैध, असंवैधानिक तथा राजनीतिक रूपमा प्रेरित भएको दाबी गरिन् ।

मृत्युदण्डको सजाय सुनाइएपछि पनि बंगलादेश फर्किने कि नफर्किने भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा भनिन्, “म स्पष्ट रूपमा भन्न चाहन्छु, हरेक बाधा र षड्यन्त्रलाई चिर्दै म यसै वर्ष आफ्नो देश फर्किनेछु ।”

गत वर्ष नोभेम्बरमा ढाकाको एक अदालतले हिंसा भड्काएको, हत्याको आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई दोषी ठहर गरेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077