Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा लुकेर बसेकी शेख हसिनालाई मृत्यदण्डको सजाय

भारतमा लुकेर बसेकी शेख हसिनालाई मृत्यदण्डको सजाय

सोमवार , मंसिर १, २०८२

ढाका । बंगलादेशको विशेष अदालत (ट्राइब्युनल) ले बंगलादेशकी पदच्युत प्रधानमन्त्री सेख हसिनालाई मृत्युदण्डको फैसला सुनाएको छ।

उनीमाथि गत वर्षको जनआन्दोलनमा सयौं मानिसको ज्यान लिएको आरोपसहित मानवताविरुद्धका अपराधमा मुद्दा लागेको थियो। सोही आन्दोलनका कारण उनको १५ वर्षे शासन अन्त्य भएको थियो।

सोमबार राजधानी ढाकामा रहेको ट्राइब्युनलबाट फैसला पढ्ने कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो। फैसलाअघि अन्तरिम सरकारले सुरक्षा कडा पारेको थियो। ढाका र देशका अन्य धेरै क्षेत्रमा सैनिक, अर्धसैनिक सीमा सुरक्षा बल र प्रहरी परिचालन गरिएको थियो।

हसिनाको आवामी लिग पार्टीले फैसलाविरुद्ध विरोधस्वरूप देशव्यापी बन्दको आह्वान गरेको छ।

भारतमा निर्वासित हसिनालाई अनुपस्थितिमै मुद्दा चलाइएको थियो। उनले ट्राइब्युनललाई ‘कंगारु कोर्ट’ भनेकी छन्। साथै उनले आफ्ना तर्फबाट राज्यले नियुक्त गरेको वकिलको पनि कडा विरोध गरेकी छन्।

सेख हसिना र अन्य दुई अभियुक्तविरुद्ध अपराध प्रमाणित भएको फैसलामा उल्लेख छ। तत्कालीन गृहमन्त्री असदुज्जामान खानलाई पनि मृत्युदण्ड सुनाइएको छ।

तत्कालीन प्रहरी महानिरीक्षक चौधुरी अब्दुल्ला अल–मामुनलाई पाँच वर्ष कैदको सजाय दिइएको छ। तत्कालीन गृहमन्त्री असदुज्जामान पनि हाल भारतमा छन्। अल–मामुन मात्र हिरासतमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077