Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई १० वर्षको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई १० वर्षको जेल सजाय

मंगलवार , माघ २०, २०८२

एजेन्सी । बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारसँग सम्बन्धित दुईवटा छुट्टाछुट्टै मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ ।

सरकारको एक आवासीय योजनाअन्तर्गत जग्गा बाँडफाँट गर्दा भएको अनियमिततासँग सम्बन्धित यी मुद्दाहरूमा ढाकाको विशेष अदालत–४ का न्यायाधीश रबिउल आलमले सोमबार उक्त फैसला सुनाएका हुन् । अदालतले दुवै मुद्दामा हसिनालाई पाँच–पाँच वर्षको जेल सजाय तोकेको छ ।

यो मामिला राजधानी ढाका नजिकैको पूर्वाचोल क्षेत्रमा सञ्चालित ‘राजुक न्यू टाउन’ परियोजनासँग सम्बन्धित छ, जहाँ दुईवटा १०–काठाका प्लट गलत तरिकाले वितरण गरिएको आरोप लागेको थियो ।

यस मुद्दामा शेख हसिनाका साथै उहाँका परिवारका अन्य सदस्यहरूलाई पनि दोषी ठहर गरिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077